ती 'रावण' जो आफू मरेर कयौँको ज्यान बचाए

 कात्तिक ३, २०७५ शनिबार १६:४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको अमृतसरमा रेलले मानिसहरु किच्दा केहिबेर अघि दलबीर सिंह रामलिलामा रावणको भूमिका निभाइरहेका थिए । केही समय अघि रावणको पुत्ला जलिरहेको थियो । केही समयमा नै रावणको भूमिका निभाएका स्थानीय दलबीर सिंहको पनि ज्यान गयो ।

गएका वर्षहरुमा रामको भूमिमा खेल्दै आएका सिंहले यो वर्ष पहिलो पटक साथीहरुको आग्रहमा रावण बनेर अभिनय गरेका थिए । 

रामलिलाको आफ्नो भूमिका सकिएपछि  उनी पनि पुत्ला दहन हेर्न भिडमा मिसिएका थिए । उनी पहिलो पटक रावणको भूमिकामा देखा परे । उनको रावणको भूमिका जीवनकै अन्तिम अभिनय बन्न पुग्यो ।


 
जब दुर्घटना भएको थियो त्यसबेला उनी रामलीलाबाट निस्केर रेलको लिक नजिकैबाट हिँड्दै थिए । त्यति नै बेला उनले तीव्रगतिको रेल देखे । उनले दौडदै लिक आसपासका सर्वसाधारणलाई हटाउन थाले ।

सिंहसँगै रावणको पुत्ला दहन हेर्न उनकी आमा, श्रीमती र ८ महिनाका छोरा पनि गएका थिए । उनीहरु भने बाँच्न सफल भएका छन् । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया