लेभान्टेसँग हार्‍याे रियल मड्रिड

 कात्तिक ३, २०७५ शनिबार १९:५९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । पछिल्ला पाँच खेलमध्ये चौथो हार व्यहोर्ने क्रममा रियल लेभान्टेसँग २–१ ले पराजित भएको हो । 

लेभान्टेले १३ औ मिनेटमै २ शून्यको अग्रता लिएको खेलमा रियलले ७२ औ मिनेटमा गोल फर्काएको थियो तर त्यो बराबरीका लागि पनि पर्याप्त भएन । लेभान्टेका मोरालेसले छैटौँ र मार्तीले १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । 

रियलका मार्सेलोले ७२ औ मिनेटमा गोल फर्काएका हुन् । नतिजापछि लेभान्टे सातौ स्थानमा उक्लेको छ भने रियल पाँचौ स्थानमा छ ।  ला लिगामा शनिबार बार्सिलोनाले सेभिल्लासँग तथा एथलेटिको मड्रिडले भिल्ला रियलसँग र लेगानेसले भ्यालेन्सियासँग खेल्नेछन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया