नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु

 कात्तिक ४, २०७५ आइतबार ६:५६:२५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा परी कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट खसेको हो । बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । मृतकहरुको नाम ठेगाना खुल्न नसकेको उहा“ले बताउनुभयो ।

बसको बत्ती मधुरो  रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक  थापाले बताउनुभयो । दुर्घटनामा घाइते भएका ४२ जनाको भरतपुर र  ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको उहाँले बताउनुभयो । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया