नवलपरासी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

 कात्तिक ४, २०७५ आइतबार ९:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – अरुणखोलामा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गुल्मीको हस्ती चउरका ३५ वर्षका तिलक विष्ट, भाेजपुरका वर्ष २७ का रामजित राई, सुनसरीका ३४ वर्षका अबुल अन्सारी, मोरङको सुन्दर हरैचाका ११ वर्षका सुहन कार्की र भारत विहारका ५० वर्षका विद्यानन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

एकजनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो । सुनसरीको इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये केही सामान्य उपचारपछि फर्किएको र केहीको भरतपुर अस्पताल र मनकामना पोलिक्निकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गाडीको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण दुर्घटना भएको घाइते यात्रुले बताएको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । 

याे पनि पढ्नुहाेस् । 

नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया