बेंग्लोरले क्विण्टन डी ककलाई अक्सनअगाडि नै मुम्बर्इ इण्डियन्सलार्इ बेच्याे

 कात्तिक ४, २०७५ आइतबार १७:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

आर्इपीएलको आउँदाे सिजनको अक्सन सुरु हुनुअघि नै रोयल च्यालेञ्जर्स बेंग्लोरले आफ्ना खेलाडी विकेटकीपर ब्याट्सम्यान क्विण्टन डी ककलाई मुम्बई इण्डियन्सलाई बेचेको छ ।

डी ककलाइ बेंग्लोरले गएको वर्षको अक्सनमा ४ लाख ३७ हजार डलरमा किनेको थियो । मुम्बइ इण्डियन्सले त्यति नै रकम तिरेर बेंग्लोरसँग डी ककलाई किनेको हो । यसका लागि यसले क्लबमा अनुबन्धित बंगलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमान र श्रीलंकाका अफ स्पिनर अकिला धनञ्जयलाई उन्मुक्ति दिने तयारी गरिरहेको बताइएको छ ।

मुम्बइले गएको वर्ष मुस्तफिजुर रहमानलाई ३ लाख ४३ हजार तथा अकिला धनञ्जयलाइ ७८ हजार डलरमा किनेको थियो ।

डी ककले गएको सिजनको आइपीएलमा जम्मा ८ खेल खेल्दै १२४.०७ को रनरेटमा २०१ रन बनाएका थिए ।

मुम्बइले आफ्नो टिममा पहिले नै भारतका इशान किसन र आदित्य तारे दुइजना विकेटकिपर ब्याट्सम्यान हुँदाहुँदै अर्का विकेटकीपर ब्याट्सम्यान डी ककलाई राम्रो रकममा अनुबन्ध गर्नुको पछाडि टप अर्डर ब्याटिङका लागि हुनसक्ने प्रवल सम्भावना रहेको अड्कल गरिएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया