राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य र महालेखा परीक्षक...
बैशाख ६, २०८१ बिहिबार
भारत र वेष्ट इण्डिजबीचको पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इण्डिजले ३२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
गुआहाटीको बर्सपारा रंगशालामा भएकाे खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो ।
निर्धारित ५० ओभरमा वेष्ट इण्डिजले ८ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो । यसका लागि शिम्रोन हेत्मेयरले सर्वाधिक १०६ रन बनाएका थिए भने कायरन पोवेलले ५१ रनको योगदान दिएका थिए ।
बलिङतर्फ युज्वेन्द्र चाहलले ३ र रविन्द्र जडेजा तथा मोहम्मद शामीले २–२ विकेट लिए ।
३२३ को ललक्ष्य पाएको भारतले जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।
यतिबेला भारत ७ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ४८ रन बनाएर खेलिरहेको छ । क्रिजमा राेहित शर्मा र विराट काेहली छन् ।