सरकार भ्रष्टाचारविरुद्ध निर्मम ढंगबाट प्रस्तुत हुन्छ: मन्त्री ज्ञवाली

 कात्तिक ४, २०७५ आइतबार १९:३६:१२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देश भ्रष्टाचारले जर्जर बन्दै गएको भन्दै सरकार भ्रष्टाचारविरुद्ध निर्मम ढंगबाट प्रस्तत हुने बताउनु भएको छ । 

भ्रष्टाचारीहरुलाई कुनै पनि दल र संगठनको नभनी तिनीहरुलाई आपराधिक हिसाबले लिइने मन्त्री ज्ञवालीले स्पष्ट पार्नु भयो । 

मुसिकोट नगरपालिकाको संमृद्धिका सम्भावना र चुनौती विषयक बौद्धिक सम्मेलनको आइतबार वामी टक्सारमा उद्घाटन गर्दै मन्त्री ज्ञवलीले उक्त कुरा बताउनु भएको हो । 

सरकार भ्रष्टाचार, ढीलासुस्ती र सुशासन गरि तीन वटा काममा कठोरताका साथ प्रस्तुत हुने उहाँले बताउनु भयो ।

‘कृषि पर्यटन, पूर्वाधार र रोजगार, मुसिकोट संमृद्धको  आधार’ भन्ने नारासहित आउँदाे दश वर्षे गुरु योजना निर्माणका लागि दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा मुसिकोट नगपालिकाका प्रमुख सोमनाथ सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मुसिकोट नगरपालिकाको विविध विषयवस्तुहरुको बारेमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Jhal b thapa

    Oct. 23, 2018, 8:45 a.m.

    मन्त्री ज्यु भ्रस्टाचार निर्मुल कहिले देखि ? सुरुवात को बाट ? कसरी ? तपाईहरुको घरपरिवार नातागोता अनि तपाईं मन्त्रीहरू नै भ्रष्टाचारी हुनुहुन्छ र तपाईहरुकै परिवारको मुखमा माड लाग्दैन । सरकारी तलबभत्ताले बिदेशमा छोराछोरी कसरी पढाउने तपाईहरुको औसधि उपचार कसरी गराउने ? तपाईहरु जस्ता मन्त्रीहरूबाट भ्रस्टाचार अन्त्य असम्भव ! असम्भव !! असम्भव !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया