प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कपिलवस्तु - बडा दसैंको दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने बेलामा स्थानीय समुदायबीच भएको विवाद साम्य नभएपछि कपिलवस्तुको कृष्णनगर बजारमा कफ्र्यु लागेको छ ।
पटक पटक प्रयास गर्दा पनि विवाद समाधान हुन नसकेपछि अर्को आदेश नआउन्जेलसम्म बेलुकी ५ बजेदेखि कर्फ्यु लगाईएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
दिउँसो प्रहरीमाथि नै ढुँगामुढा भएकोले सुरक्षा व्यवस्थालाई थप मध्यनजर गर्दै कर्फयु लगाईएको उहाँले बताउनुभयो ।
कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म बेलुका ५ बजेदेखि कर्फुयु लगाउने निर्णय भएको हो ।
दुर्गाका मुर्तिहरू पुजा गरिसकेपछि विसर्जन गर्ने काममा अवरोध उत्पन्न भएको र विवाद मिलाउने ३ दिनदेखिको प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।
शुक्रबारदेखि नै त्यो ठाउँमा पटक–पटक झडप भएका थिए । कर्फुको समयमा कसैलाई पनि घर बाहिर ननिस्कन, आवत जावत नगर्न, भेला नहुन, जुलुस ननिकाल्न तथा हुलदंगा नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।