प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाडाैं - थाइल्याण्डमा आयोजना हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोट प्रतियाेगिता खेल्ने नेपाली टाेलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले अाइतबार बिदार्इ गरेकाे छ । टाेली साेमबार थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम छ ।
छनोट चरणमा नेपाल समूह बी मा रहेको छ । समूह बी मा नेपालसहित थाइल्याण्ड, भारत तथा पाकिस्तान रहेका छन् । नेपालले पहिलो खेल घरेलु टाेली थाइल्याण्डसँग खेल्नेछ ।
समूह विजेता टोलीले छनोटको दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै पहिलो चरणको छनोटको उत्कृष्ट दुई उपविजेताले पनि दोस्रो चरणमा स्थान बनाउनेछन् ।
दोस्रो चरण आउँदाे अप्रिल महिनामा हुनेछ र ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया छनोट भइसकेका छन् ।