काठमाण्डौको बालाजु बाइसधारामा आजदेखि पाँच दिने मेला
बैशाख ११, २०८१ मंगलबार
बैतडीको – बैतडीका मेलौली नगरपालिका वडा न. ५ मा सिमा भन्ने भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेलौली नगरपालिका–३, कुजागाडका २८ वर्षीय जय बहादुर चन्द रहेका हुनुहुन्छ ।
तितावैमा रहेको मामाघर जान शनिबार घरबाट हिँडेका उनको शव आइतबार दिउँसो घाँस काटिरहेका महिलालाहरुले देखेपछि स्थानीयलाई खबर गरेको स्थानीय हरिराम पार्कीले बताउनुभयो ।
अहिले मृतकको शब आफन्तले बुझिसकेका छन् । मृतक चन्दका श्रीमती र २ छोरा छन् ।
उनको मृत्युका विषयमा थप जानकारी आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो ।