पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
सप्तरी – सप्तरीमा करेन्ट लागेर एक जना बालकको मृत्युु भएको छ ।
पानी तान्ने मोटर चलाउने क्रममा सप्तरीको राजगढ गाउँपालिका ३ कट्टीमा बस्ने १४ वर्षीय उमेशकुमार साहलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उमेशकुमार साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।