पहिलो एक दिवसीय : काेहली र राेहितकाे शतकसँगै वेष्ट इण्डिजमाथि भारतकाे शानदार जित

 कात्तिक ४, २०७५ आइतबार २१:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो एक दिवसीय क्रिकेटमा वेष्ट इण्डिजले  प्रस्तुत गरेकाे ३२३ रनको लक्ष्य भारतले ४२.१ अाेभरमा २ विकेटकाे क्षतिमा सजिलै भेट्टाएकाे छ ।

निर्धारित ५० ओभरमा वेष्ट इण्डिजले ८ विकेटको क्षतिमा ३२२ रन बनाएको थियो । यसका लागि शिम्रोन हेत्मेयरले सर्वाधिक १०६ रन बनाएका थिए भने कायरन पोवेलले ५१ रनको योगदान दिएका थिए ।

बलिङतर्फ युज्वेन्द्र चाहलले ३ र रविन्द्र जडेजा तथा मोहम्मद शामीले २–२ विकेट लिए ।

गुआहाटीको बर्सपारा रंगशालामा भएकाे खेलमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो ।

३२३ को लक्ष्य पाएको भारतले जवाफी ब्याटिङ सुरु गरेपछि शिखर धवनलार्इ सस्तैमा गुमाएकाे थियाे । त्यसपछि अाेपनर राेहित शर्मालार्इ साथ दिन अाएका कप्तान काेहलीले शर्मासँग शानदार दुइ शतकभन्दा बढी रनकाे साझेदारी गरेका थिए । उनी खेलकाे ३३ अाैं अाेभरकाे अन्तिम बलमा व्यक्तिगत १४० रन बनाएर अाउट भए । 

खेलकाे अन्तयसम्म टिकेका अाेपनर राेहित शर्माले अविनित १५२ रन बनाए । उनले शानदार छक्कासँगै निर्धारित लक्ष्य भेट्टाएका थिए ।

बलिङतर्फ देवेद्र बिशू र अाेशाने थाेमसले १-१ विकेट लिएका  थिए ।

 

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया