यूएईले अष्ट्रेलियासँग अन्तर्राष्ट्रिय मान्यताप्राप्त पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्दै

 कात्तिक ५, २०७५ सोमबार ७:८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

संयुक्त अरब इमिरेट्स (यूएई)ले अष्ट्रेलियासँग अन्तर्राष्ट्रिय मान्यताप्राप्त पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्दैछ । 

पाकिस्तानसँग क्रिकेट खेल्न यूएईमा रहेको अष्ट्रेलियासँग यही मौकामा यूएईले एउटा ट्वेण्टी ट्वेण्टी क्रिकेट खेल्न लागेको हो । याे खेल नेपाली समय अनुसार साेमबार दिउँसाे पाैने ४ बजे हुनेछ । यो खेललाई अष्ट्रेलिया र पाकिस्तानका क्रिकेट बोर्डले अनुमति दिएपछि अन्तर्राष्ट्रिय मान्यता दिइएको छ । 

युएई पछिल्लो समय क्रिकेटको न्युट्रल भेनुका रुपमा लोकप्रिय हुँदै गएको छ । आवुधावीमा हुने खेल हेर्न टिकट काट्नु नपर्ने व्यवस्था गरिएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया