मूर्ति सेलाउने बेलामा विवाद भएपछि कृष्णनगरमा कर्फ्यु, सुरक्षा समितिको बैठक बस्दै

 कात्तिक ५, २०७५ सोमबार ८:२०:८ | उज्यालो सहकर्मी

कपिलवस्तु – कृष्णनगरमा आइतबारदेखिको निषेधाज्ञा सोमबार पनि कायम छ । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार बेलुकी ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो । 

सोमबार सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञाबारे थप निर्णय गर्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताउनुभयो । अर्को निर्णय नभएसम्मका लागि कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञाका समयमा घरबाहिर निस्कन, भेला हुन र सभा समारोह गर्न पाइदैन । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया