१९ वर्षमुनिको महिला च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली आज थाइल्याण्ड जाँदै

 कात्तिक ५, २०७५ सोमबार ८:४३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

एफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप छनोट खेल्न नेपाली टोली सोमबार थाइल्याण्ड जाँदैछ । थाइल्याण्डमा बुधबारदेखि सुरु हुने प्रतियोगिता खेल्न नेपाली टोली बिहान सवा १० बजे नेपाल एयरलाइन्सबाट थाइल्याण्ड जान लागेको हो । 

बुधबारदेखि कात्तिक ११ गतेसम्म थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग खेल्नेछ । त्यस्तै, कात्तिक ९ गते भारतसँग र कात्तिक ११ गते पाकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छ भने समूहबाट उत्कृष्ट हुने दुई उपविजेताले पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् । 

नेपाली टोलीको गोलरक्षकमा अञ्जना रानामगर, उषा नाथ र रविता राई छन् । यस्तै, डिफेन्डरमा निशा थोकर, शुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान र पूजा रानामगर रहेका छन् । 

त्यसैगरी मिडफिल्डरमा सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुवानी कुस्वार, सिर्जनासिंह ठकुरी तथा सम्झना लावती छन् । फरवार्डमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झाना शर्मा छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया