रसुवागढीमा राष्ट्रिय झण्डा प्रतिस्थापन

 कात्तिक ५, २०७५ सोमबार ११:९:३७ | उज्यालो सहकर्मी

रसुवा – ऐतिहासिक स्थल रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा प्रतिस्थापन गरिएको छ । गढीको परम्परागत शैलीलाई कायम राख्दै नेपाली सेनाको कालीजंग गणले झण्डा प्रतिस्थापन गरेको हो । 

सेनाले रसुवागढी नाकामा निर्माण गरेको स्तम्भमा झण्डा प्रतिस्थापन गरेको गणपति शीतल बानियाँ क्षेत्रीले बताउनुभयो । यसअघि नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको भए पनि स्तरीय नभएका कारण नयाँ झण्डा राखिएको हो । झण्डै ४ लाख ७० हजारको लागतमा स्तम्भ निर्माण गरिएको सेनाले जनाएको छ । 

मध्यपृतना हेटौडाका पृतनापति उपरथी सुवर्णबहादुर शाहले नवनिर्मित स्तम्भमा सोमबार झण्डोत्तलन गर्नुभएको छ । 

गोसाइकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज, रसुवागढी जलविद्युत आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा नेपाली सेनाले स्तम्भ निर्माण गरेको हो । स्तम्भको अगाडिको भागमा प्रतिस्थापन शिलालेख र बाँयापटी रसुवागढीको इतिहास राखिएको छ । 

रातिको समयमा झण्डा फहराइएको देख्न सकिने गरी स्तम्भको माथिल्लो भागमा दुईवटा हेलोजन लाइट राखिएको गणपति क्षेत्रीले बताउनुभयो । गढीको प्रवेशद्वारमा रसुवागढीको चिनारी राखिएको बोर्ड राखिएको छ । 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया