विषालु सर्प पालेर गुजारा (भिडियो)

 जेठ २५, २०७५ शुक्रबार १३:२४:६ | उज्यालो सहकर्मी

अरुको घरमा गाईबाख्रा, हाँसकुखुरा पाल्छन् । तर कपिलवस्तुका हिरालालको घरमा चाहिँ सर्प पालिएको छ । बाबुबाजेले सर्प पालेरै जीविका चलाए । हिरालालले पनि बाबुबाजेको बिँडो थाम्दै सर्प पाल्नुभएको हो । 

सर्पलाई अरु मनपर्ने खानेकुरा सँगै दूध पनि खुवाईन्छ । १४ जनाको परिवार भएको घरमा सम्पत्तिको नाममा ३ वटा सर्प मात्रै छ । खेती गर्ने जग्गा जमीन र कमाई गर्ने अरु बाटो छैन । यिनै सर्प गाउँगाउँ डुलाएर आएको पैसाले गुजारा चलेको छ ।

उनीहरुले सर्प पालेका छन्, सर्पले उनीहरुलाई पालेको छ । यही सर्प अरुको लागि विषालु हुन्छ । तर हिरालालको परिवारको लागि भने यही विषालु सर्पले जीवनबुटी दिएको छ ।

 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया