सुर्खेतमा बस दुर्घटना : ३२ जना घाइते
 

 कात्तिक ५, २०७५ सोमबार १८:२४:३४ | मुना हमाल

सुर्खेत – सुर्खेतमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । 

दैलेखबाट सुर्खेत आउँदै गरेको बा ५ ख ६२०५  नम्बरको बस वीरेन्द्रनगर नगरपालिकाकोे कटुकुवा नजिकै गौजेनीमा दिउँस ४ बजे दुुर्घटना भएको हाे । दुर्घटनामा परि १३ पुरुष र १९ महिला घाइते भएका छन् । 

घाइतेहरुको अवस्था सामान्य भएको र स्थानीय देउती अस्पताल र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतापबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया