आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हरायो

 कात्तिक ६, २०७५ मंगलबार ९:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेष्टर सिटीलाई ३–१ ले हराएको छ । 

गएराति भएको खेलमा आर्सनललाई जिताउन औबामेयाङ्ले २ र ओजिलले एक गोल गरे । ३१ औं मिनेटमा आर्सनलका बेलेरिनले आत्मघाति गोल गरेपछि लेष्टरले १ शुन्यको अग्रता लिएको थियो तर ओजिलले ४५ आंै मिनेटमा बराबरी गोल फर्काएका थिए ।

औबामेयाङ्ले ६३ औं र ६६ औं मिनेटमा गोल गर्दै आर्सनललाई जिताएका हुन् । जितसँगै आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया