पत्रकार खसोग्गीको हत्याको विरोधमा महासंघले साउदी राजदूतावासमा बुझायो विरोधपत्र
 

 कात्तिक ६, २०७५ मंगलबार १५:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधानसम्पादक जमाल खसोग्गीको हत्याको विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।

अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको साउदी सरकारले करिब दुई हप्तापछि मात्रै स्वीकार गरेको हो ।

नेपाल पत्रकार महासंघले खसोग्गीको हत्याको घटनाप्रति कडा भत्र्सना गर्दै हत्याको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको मागसहित नेपालस्थित साउदी राजदूतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको हो ।  

पत्रकार खसोग्गीको हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा महासंघले ऐक्यवद्धता प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया