विवाहका ६ हजार प्रस्ताव अस्वीकार गर्ने ‘बाहुबली’ स्टार प्रभासको आज जन्मदिन, लागे ३९

 कात्तिक ६, २०७५ मंगलबार २०:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

‘बाहुबली’ सुपरस्टार प्रभास आज उनको ३९औं जन्मदिन मनाइरहेका छन् । प्रभासको नामले फिल्म जगतमा परिचित भए पनि उनको पूरा नाम प्रभास राजु उप्पालपाटि हो । 

उनी ‘बाहुबली’ पछि अरु कुनै फिल्ममा देखिएका छैनन् । उनी छिट्टै अभिनेत्री श्रद्धा कपूरसँग फिल्म ‘साहो’ मा देखिनेछन् । 

प्रभास एक पटक एउटा मात्रै फिल्ममा काम गर्न रुचाउँछन् । साथै उनको हरेक फिल्मको शुटिङ्ग करिब ६०० दिनसम्म चल्ने गर्छ । उनी अभिनित फिल्म ‘बाहुबली’ ले १५०० करोडको व्यापार गरेको थियो । 

यो फिल्मको शुटिङ्ग ५ वर्षसम्म चलेको थियो । यो फिल्ममा काम गरिरहँदा प्रभासलाई अन्य कैयौं ठूला प्रोजेक्टका फिल्ममा काम गर्ने अवसरहरु आएका थिए तर उनले ‘बाहुबली’ कै लागि अन्य सबै फिल्मको प्रस्ताव अस्विकार गरिदिएका थिए । 

प्रभासले तेलुगु फिल्म ‘ईश्वर’ बाट फिल्मी जगतमा डेब्यू गरेका थिए । त्यसपछि उनले ‘राघवेद, वर्षम, योगी, एक निरन्जन, रिवेल, बाहुबलीः द बिगनिङर बाहुबलीः द कन्क्लुजन जस्ता फिल्म लगायत १९ वटा फिल्ममा अभिनय गरिसकेका छन् । 

बलिउडका स्थापित निर्देशक सञ्जयलला भन्साली प्रभासको फिल्म ‘बाहुबली’ मा उनको अभिनय देखेर यति प्रभावित भएका थिए कि उनले फिल्म ‘पद्मावत’ मा राजा रतन सिंहको भूमिकाको लागि प्रस्ताव राखेका थिए । 

त्यतिबेला प्रभास ‘बाहुबली’ को दोस्रो भागको छायाँकनमा व्यस्त भएका कारण भन्सालीको प्रस्ताव अस्विकार गरिदिएका थिए । 

एक अर्को रोचक कुरा के छ भने प्रभासले फिल्म ‘बाहुबली’ को छायाँकनको पाँच वर्षको अवधिमा करीव ६००० विवाहका प्रस्तावहरु अस्विकार गरिदिएका थिए । प्रभास बलिउड फिल्मका निकै सौखिन छन । उनले आमिर खानको फिल्म ‘थ्री इडियट’ २० पटकसम्म हेरेका थिए । 

निर्माताहरुले प्रभासलाई फिल्म ‘बाहुबली’ का लागि मात्रै डेढ करोड रुपैयाँ जिमको सामग्रीका लागिे गिफ्ट गरेका थिए । 

प्रभासले यस फिल्ममा कथाका अनुसार आफ्नो वजन घटाउने र बढाउने गरेका थिए । 
‘बाहुबली’का लागि उनलाई २५ करोड रुपैयाँ पारिश्रमिक दिइएको थियो । अहिले उनी एउटा फिल्मको ३० करोड रुपैयाँ पारिश्रमिक लिन्छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • Kumar Bomzan

    Oct. 24, 2018, 12:27 a.m.

    Happy birthday to

  •  0 Reply

तपाईको प्रतिक्रिया