जुम्लामा जीप खस्दा एकै परिवारका  तीनको मृत्यु, चार घाइते

 कात्तिक ७, २०७५ बुधबार २०:३:५३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नाग्म–गमगढी राजमार्गमा जीप खस्दा ३ जनाको मृत्यु भएको छ । 

भे १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका बड्की पागरपाली भन्ने स्थानमा राजमार्गबाट जीप खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा एकै परिवारका ३ जना रहेका छन् । तिला गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय लाल सार्की, उहाँकी श्रीमती जानकी सार्की र ८ महिनाकी छोरी महिमा सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ४ जना घाइतेसमेत भएको खबर आएको छ । यसैगरी घाईतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०७५

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया