एनआरएनए छैठौं मध्यपूर्व सम्मेलन आउँदाे भदौमा युएईमा हुने

 जेठ २५, २०७५ शुक्रबार १६:१९:३५ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – गैर आवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन आउँदो भदौ ८ र ९ गते युएईमा हुने भएको छ ।

मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीतामा हुन लागेको सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली कामदारका विभिन्न विषयमा छलफल सहित घोषणापत्र जारी गर्ने एनआरएनए मध्यपूर्व क्षेत्रीय समितिका उपसंयोजक गोपाल कंडेलले जानकारी दिनुभयो । 

यसअघि भएका कार्यक्रम छलफलमा मात्र सिमित भएको र यो पटक सृजनशील र उपलब्धिमूलक बनाउने गरि लागि परेका उहाँले बताउनुभयो । 

सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारी, घरेलु महिला कामदारका समस्या र विभिन्न आरोपमा मध्यपूर्वका देशका जेलका रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने लगायतका एजेण्डामा सरकारी निकायसँग समन्वय गरी छलफल गरिने संघले जनाएको छ । 

छलफलको नारालाई अन्तिम रुप दिन बाँकी छ । कार्यक्रममा नेपालबाट परराष्ट्र र श्रममन्त्री सहितको टोलीलाई सहभागी गराउने गरि समन्वय भइरहेको मध्यपूर्व संयोजक आर.के शर्माले जानकारी दिनुभयो । 

एनआरएनएले हरेक दुई वर्षमा विभिन्न क्षेत्रीय समितिको भेला गर्दै आएको छ । युएईले दोस्रो पटक क्षेत्रीय भेला गर्ने अवसर पाएको हो । 

यसअघि २०११ मा युएईले भेला आयोजना गरेको थियो । सन् २०१४ मा बहराइनको मनामा र सन्  २०१६ को पाँचौं भेला कतारको दोहामा भएको थियो ।एनआरएनए आईसिसीको मध्यपूर्व अन्र्तगत कतार, युएई, बहराइन, ओमान, साउदी, कुवेत, ईराक, लेवनान, ईजरायल, यमन, इजिप्ट  र सिरिया पर्छन । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया