खशोग्गी हत्याका बारेमा बोले साउदी युवराज, के भने ?

 कात्तिक ८, २०७५ बिहिबार ११:५:५१ | एजेन्सी
unn.prixa.net

साउदी पत्रकार जमाल खशोग्गीको हत्याको मामलामा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सबै ‘अपराधी’ लाई सजायँ दिइने बताएका छन् ।

राजधानीमा बिजनेससम्बन्धी भएको फोरममा मोहम्मद बिन सलमानले भने ‘यो अपराध दुःखदायी हो ।’ उनले टर्कीसँग कुनै मनमुटाव नराख्ने पनि बताएका छन् ।

दूतावासमा खशोग्गीको हत्याको कुरा साउदीले स्वीकारेपछि पहिलो पटक उनले यसबारे बोलेका हुन् । उनले भने, ‘यो हत्या एक जघन्य अपराध हो जसलाई उचित मान्न सकिँदैन । अन्त्यमा न्यायको नै जित हुनेछ ।’

अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्वीकार गरेको थियोे । 

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया