‘काजी रोशन साहित्य पुरस्कार’ पौडेललाई

 कात्तिक ८, २०७५ बिहिबार १२:२८:२८ | रासस
unn.prixa.net

बागलुङ – काठमाडौँका साहित्यकार बाजुराम पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ । धौलागिरि साहित्य प्रतिष्ठानले २०७४ को उक्त पुरस्कार शर्माको महाकाव्य ‘शान्ताश्री’ का लागि प्र्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि रु १५ हजार छ । 

पुरस्कार यसै महीना प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । प्रतिष्ठानले प्रत्येक दुर्ई वर्षमा राष्ट्रियस्तरमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि १३ साहित्यकारले उक्त पुरस्कार पाइसक्नु भएको छ ।

साहित्यकार पौडेलका ‘सिर्जना फस्टाउनुपर्छ’ (खण्डकाव्य), ‘बाजुरामका कविताहरू’ (कविता सङ्ग्रह) लगायत कृति प्रकाशित छन् । उहाँ अभिनव साहित्य समाज, कपन साहित्य समाज, रमेश विकल साहित्यिक प्रतिष्ठानलगायत साहित्यिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया