यसरी सार्वजनिक गरियो पोखरा प्रिमियर लिगको ट्रफी

 कात्तिक ८, २०७५ बिहिबार १६:२८:४९ | उज्यालो सहकर्मी

कास्की – शुक्रबारदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेटको ट्रफी आज सार्वजनिक गरिएको छ । 

पोखराको फेवाताल किनारमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

गोलाकार प्लेटमा सुन र चाँदीको लेपन लगाइएको छ । करिब तीन लाख लागतमा यो ट्रफी काठमाडौंमा बनाइएको हो ।

यो ट्रफी जर्मन फुटबल लिग बुण्डेसलिगाको जस्तै छ । 

ट्रफी अनावरणसँगै छुट्टाछुट्टै डुंगामा सहभागी ६ वटै टोलीका मार्की खेलाडीलाई राखेर टिमको झण्डासहित बाराही मन्दिर परिक्रमा गराइएको थियो ।

भोलिदेखि सुरु हुने पोखरा प्रिमियर लिगमा सहभागी ६ टोलीको नाम नेपालका ६ शहरको नामबाट जुराइएको छ । विराटनगर टाइटन्स, काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राहिनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुजले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको पहिलो दिन भोलि विराटनगर टाइटन्स र पोखरा पल्टन आमने सामने हुँदैछन् । 

प्रतियोगिताका लागि तीन महिनादेखि सुरु गरिएको पोखरा रंगशालाको स्तरोन्नतिको काम सम्पन्न भएको छ । पिच निर्माण, आउटफिल्ड, पेविलियन, शौचालय सबैको व्यवस्था भइसकेको छ भने पोखरा प्रिमियर लिगले पोखरा शहर नै क्रिकेटमय बनेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया