चीनमा सबैभन्दा पुरानो प्राणीको पदचिह्न भेटियो

 जेठ २५, २०७५ शुक्रबार १६:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनको दक्षिण क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा पुरानो पदचिह्न भेटिएको छ ।

चीनमा ५४६ मिलियन वर्ष पहिले एक प्राणीले बनाएको पदचिह्न भेटिएको छ तर त्यो कुन प्राणीले बनाएको हो भन्ने खुलेको छैन । त्यहाँ भेटिएको जीवावशेषमा दुई लाइन पदचिह्नहरु देखिएका छन् । त्यतिबेलको समयमा पहिलो चरणमा उद्विकास भएका जनावरहरुको उत्पति भैरहेको थियो ।

त्यो जीवावशेष दुई खुट्टा भएको जनावरको भएको र त्यो पदचिह्न खुट्टा भएको जनावरको सबैभन्दा पुरानो पदचिह्न भएको बीबीसीले उल्लेख गरेको छ । त्यो अनुसन्धान चीनको साइन्स एडभान्सेज जर्नलमा प्रकाशित भएको छ । अनुसन्धानमा संलग्न व्यक्तिहरुका अनुसार त्यो जनावरको दुई खुट्टा भएको वा अन्य धेरै खुट्टा भएको भन्ने खुलेको छैन । उनीहरुले त्यो पदचिह्न टाउको, जीउ, भूँडी र खुट्टाको विकास भएको जनावरको भएको बताएका छन् ।

उनीहरुले त्यो पदचिह्न दुई खुट्टे जनावरको भएको बताएका छन् । अनुसन्धानमा संलग्न व्यक्तिहरुले ती जनावर घस्रेर हिँड्ने जनावरभन्दा अलि विकशीत जनावरको पदचिह्न भएको बताएका छन् । ढुंगामा भेटिएको त्यो पदचिह्न ५५१ देखि ५४१ मिलियन वर्ष पुरानो भएको अनुसन्धानमा संलग्न व्यक्तिहरुले जनाएका छन् । यो पदचिह्न दक्षिणी चीनको याङत्जे खोंचमा पाइएको हो ।

यसभन्दा अगाडि पहिचान भएका सबैभन्दा पुराना पदचिह्न ५४० देखि ५३० मिलियन वर्ष पुराना थिए । अहिले भेटिएको नयाँ जीवावशेष पहिलाको भन्दा लगभग १० मिलियन वर्ष पुरानो रहेको छ’, अनुसन्धानमा संलग्न चाइनिज एकेडेमी अफ साइन्सका सह–लेखक जे चेनले बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया