सुरु भयो ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’

 कात्तिक ८, २०७५ बिहिबार १६:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – काठमाडौंकाे हाँडीगाउँमा आजबाट हाँडीगाउको जात्रा सुरु भएको छ ।

कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिन सम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । रथको गजुर तलपारी र गर्भगृह र भगवानको मुर्ति माथि राखेर रथको निर्माण गरिन्छ । भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ । 

साथै रथमा मैनको सुगन्धित फूल बनाई राख्ने गरिन्छ । यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ भनिएको स्थानीय बताउँछन् ।

जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको  मैनको  वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भिड हुने गर्दछ । यो फूललाई  प्रसूति पीडामा रहेकी महिलालाई सुघाउदा पीडा कम हुने विश्वास  गरिन्छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया