फिफाले लागुऔषध परीक्षणमा रुसी अधिकारीलाई सहभागी नगराउने

 जेठ २५, २०७५ शुक्रबार १७:८:५६ | उज्यालो सहकर्मी

विश्वकपमा सहभागी टिमका खेलाडीको लागुऔषध परीक्षणमा रुसी अधिकारीलाई सहभागी नगराउने फिफाले जनाएको छ । 

फिफाका मेडिकल कमिटीका अध्यक्ष मिचेल डि हुगेले रुसी अधिकारीहरुले रगतको नमूनामा अनियमितता गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको प्रतिक्रिया दिए ।

रुसमा खेलाडीका लागि राज्यप्रायोजित डोपिङ हुने गरेको खुलासा भएपछि रुसी खेलकुदमा तहल्का मच्चिएसी अको थियो । रुधिकारी समेल भएको खण्डमा खेलाडीको रक्त नमुना साटफेर हुन सक्ने भएकाले उनीहरुलाई ल्याबबाट टाढा राख्न लागिएको बताइएको छ ।

द टाइम्स पत्रिकासँगको अन्तरवार्तामा डि हुगेले भने, ‘रुसमा हुने खेलाडीको डोपिङ परीक्षण सुरुदेखि अन्त्यसम्म नै रुसी अधिकारीको हस्तक्षेपमुक्त रहनेछ । प्रयोगशालामा फिफा डक्टर र दुई जना मेडिकलसँग सम्बन्धीत व्यक्तिभन्दा अरुलाई प्रवेश दिइनेछैन ।’

उनले विश्वकपमा सहभागिता जनाउने सबै टिमका चिकित्सकलाई पूरै एक महिना आफ्ना टिमसँगै रहिरहन पनि सुझाव दिएका छन् ।

रुसी टिमका खेलाडी डोपिङमा संलग्न छैनन् 

फिफाले रुसी टिमका कुनै पनि खेलाडी डोपिङमा सामेल नभएको बताएको छ । यो साता घोषणा गरिएको रुसी टिमका खेलाडीमा प्रतिबन्धित शक्तिवर्द्धक पदार्थको प्रयोग भएको नपाइएको पुष्टि गरेको छ ।

जर्मनीका खोजी पत्रकार हाजो सेपेल्टले रुसी फुटबल टिमका खेलाडी पनि डोपिङमा संलग्न भएको आरोप लगाएका थिए । तर राज्यप्रायोजित डोपिङको आरोप भने रुसले बारम्बार खण्डन गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया