पीपीएलमा पोखरा पल्टनले युएई र भारतका खेलाडी अनुबन्ध गर्‍याे

 कात्तिक ८, २०७५ बिहिबार १८:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शुक्रबारदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेटका लागि फ्रेन्चाइजी टोली पोखरा पल्टनले यूएई र भारतका खेलाडीलाई अनुबन्ध गरेको छ ।

पोखरा पल्टनले पोखरामा पत्रकार सम्मेलन गरी दुई बिदेशी खेलाडीको कोटामा युएईबाट मोहम्मद नाभिद र भारतबाट रवि इन्दर सिंहलाई अनुबन्ध गरेको जानकारी दिएको हो । नाभिद बलर हुन् भने रवि ब्याट्सम्यान हुन् ।

यूएर्इका खेलाडी माेहम्मद नाविद

पोखराले भोलि हुने उदघाटन खेलमा विराटनगर टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा युएईका नाभिद उपस्थित हुने छैनन् । उनी दोस्रो खेलदेखि मात्रै टिममा सामेल हुनेछन् । तर, रवि भने नेपाल आइसकेका छन् ।

पोखरा पल्टनको मार्की खेलाडी शरद भेषावकर हुन् भने टिमका अन्य खेलाडीहरुमा बिनोद भण्डारी, रोहित पौडेल, ललित राजवंशी, मेहवुव आलम, कुशल भुर्तेल, कृष्ण कार्की, रशिद खान, बिक्रम भूसाल, आशिफ शेख, इशान पाण्डे र दिब्यांशु मल्लिक छन् ।

टोलीको प्रशिक्षकको जिम्मेवारी पोखराले यसअघि नै पूर्व राष्ट्रिय कप्तान तथा यू–१९ टोलीका प्रशिक्षक बिनोद दासलाई सुम्पिसकेको छ । त्यस्तै सहायक प्रशिक्षकमा रिजन प्राजु छन् भने व्यवस्थापक सुमनराज कार्की छन् 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया