साउदीको जेलबाट रिहा भएका कुमार राना नेपाल फर्किए

 कात्तिक ९, २०७५ शुक्रबार ६:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

साउदी अरबको जेलमा परेर रिहा भएका गोरखाका कुमार रानामगर नेपाल फर्किनुभएको छ। उहाँ बिहीबार राती काठमाडौं आइपुग्नुभएको हो । 

क्षतिपूर्ति रकम तिरेपछि उहाँ १५ दिनअघि नै रिहा हुनुभएको थियो । तर आवश्यक प्रक्रिया पूरा गर्दा नेपाल फर्किन ढिलो भएको हो । 

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट एकजना घाइते भएपछि उहाँ पक्राउ पर्नुभएको थियो । घाइते भएका साउदी नागरिकले मागेको क्षतिपूर्ति रकम  तिर्न नसक्दा कुमार एक वर्षअघि जेल पर्नुभएको थियो।

उहाँलाई रिहा गर्न नेपाल र विदेशमा रकम संकलन अभियान सञ्चालन गरिएको थियो । क्षतिपूर्ति रकम तिरेपछि कुमार रिहा हुनुभएको हो। 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया