ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

 कात्तिक ९, २०७५ शुक्रबार ७:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ३ को भुवाटाकुरेमा बिहीबार राति भएको ट्रयाक्टर दुर्घटनामा चालकसहित २ जनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ का २९ वर्षका चालक नरेश भन्ने नन्दबहादुर शाही र वडा नंं. ३ की १९ वर्षीया मनिषा शाहीको ज्यान गएको प्रहरीले बताएको छ ।

चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ६ स्थित पादुका खोलाबाट बालुवा लिएर चामुण्डा माध्यमिक विद्यालय जाँदै गर्दा भे १ त ३७४२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

ट्याक्टर चालकको घटना स्थलमा र मनिषा शाहीलाई उपचारको लागि दुल्लू ल्याउदै गर्दा बाटोमा ज्यान गएको स्थानीय खगेन्द्रबहादुर थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया