प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
दोलखा – गौरीशंकर गाउँपालिकामा आगलागीमा परेर हजुरआमा र नातिको ज्यान गएको छ ।
गौरीशंकर गाउँपालिका ९ मा रहेको टासिनाम शेर्पा गाउँका गोपाल शेर्पाको घरमा आगो लाग्दा उहाँकी ८० वर्षकी आमा डालकी र १२ वर्षका छोरा मिङमा शेर्पाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
राति साढे २ बजेतिर लागेको आगोमा परेर शेर्पाका १५ वर्षका अर्का छोरा फूर्साङ घाइते भएका छन् । फूर्साङलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।