बनाएको महिना नबित्दै भत्कियो असारे कालाेपत्रे !

 कात्तिक ९, २०७५ शुक्रबार १४:३०:५६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको राप्ती–सोनारी गाउँपालिका वडा नम्बर–८, को बालापुरमा कालोपत्रे गरिएको केही महिनामै सडक भत्किएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि बालापुर–सिक्टा नहरसम्म जोड्ने ९०० मिटर सडक कालोपत्रे भएको केही महिनामै भत्किएको छ । गएको असार महिनामा मात्रै कालोपत्रे गरिएको सडकमा ठाउँठाउँमा गहिरो खाल्डो भएपछि आवागमनमा असहज भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

गाउँपालिकाको झण्डै ७० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत काम भएको स्थानीय मोहन खत्रीले जानकारी दिनुभयो । सिक्टाको मुल नहरदेखि पूर्व पश्चिम राजमार्गसम्म नै सडक ठाउँठाउँमा भत्केको छ ।

राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाको बजेटबाट निर्माण भएको सडक कालोपत्रे गरिएको केही समयमै भत्किएको विषयमा गाउँपालिका गम्भीर भएको बताउनुभयो ।

वडा नम्बर १ का अध्यक्ष चन्द्र वलीको संयोजकत्वमा अनूगमन समिति गठन गरी छानबिन भइरहेको छ ।  सडक निर्माण हुनासाथ भत्किएको विषयमा गाउँपालिका बाहिरका प्राविधिक बोलाएर समेत अनुगमन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया