राप्रपाको कित्तामा नआए कांग्रेस प्रजापरिषद् बन्छ : अध्यक्ष थापा

 जेठ २५, २०७५ शुक्रबार १७:४९:४८ | उज्यालो सहकर्मी

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा रहेका दलहरुले राजनीतिलाई अपराधीकरणतर्फ उन्मुख गराएको आरोप लगाउनुभएको छ ।  

फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरी नियमावली पारीत गर्नु यसैको उदाहरण रहेको उहाँको जिकिर छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र  भत्सर्नायोग्य भएको बताउनुभयो ।

यसले झनै अपराधीकरणलाई प्रोत्साहन गर्ने, र अपराधीहरु राजनीतिमा क्रियाशील हुने देखिएकाले देश अराजकतातर्फ धकेलिने बताउनुभयोे । अध्यक्ष थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गर्दै कांग्रेसले बेलैमा आफ्नो वैचारीक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने दाबी गर्नुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया