सप्तरीमा शंकास्पद रोगबाट थप दुई बालकको ज्यान गयो

 कात्तिक ९, २०७५ शुक्रबार १९:५७:८ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा शंकास्पद रोगबाट दुई दिनमा थप दुई जनाको ज्यान गएको छ ।

अघिल्लो महिनासम्म भाइरल ज्वरोका कारण नगरभित्रका नागरिक त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण दुईृ जना बालकको ज्यान गएको थियो ।   कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का ६ वर्षका कृषजंग कटुवालको र वडा नम्बर ५ का १३ वर्षका कृष्ण सदाकोे ज्यान गएको थियो ।

मृतक दुवै जना बालकहरुलाई ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने गरेको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया