बर्दियाबाट काठमाडौंका लागि छुटेको बस नवलपरासीमा दुर्घटना, ११ घाइते

 कात्तिक १०, २०७५ शनिबार ७:४१:४५ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – बर्दियाबाट काठमाडौंका लागि छुटेको बस शनिबार बिहान नवलपरासीमा दुर्घटनामा परेको छ ।  

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोलमा शनिबार बिहान  बस दुर्घटना हुँदा एघार  जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४ ३९ नम्बरको बस सडक छेउमा  रोकिराखेको ना ६ ख ५९२ नम्रबरको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो । 

दुर्घटनामा परि घाइते भएका ११ जनाको  नयाँ मेडिकल कलेज भरपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइते सबैको अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको नाम, ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया