समाचार छापिएपछि म्यानपावरले फिर्ता गर्यो १ लाख

 जेठ २५, २०७५ शुक्रबार १८:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखराको ग्लोबल इन्टरनेशनल म्यानपावरले कतार पठाउने भन्दै एक व्यक्तिबाट लिएको एक लाख रुपैयाँ फिर्ता गरेको छ । 

कतार पठाइदिने भन्दै पैसा लिएको ६ महिनासम्म पनि नपठाएपछि तनहुँको प्युरीदोभानका देउबहादुर श्रेष्ठले जिल्ला विकास समिती कास्कीले सञ्चालन गरेको सूचना केन्द्रमा निवेदन दिनुभएको थियो । 

श्रेष्ठका विषयमा स्थानीय पत्रिकामा खबर छापिएपछि म्यानपावरले एक लाख रुपैयाँ फिर्ता दिएको हो । शुक्रबार जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल र जिल्ला समन्वय समितिका सदस्य तोरणबहादुर बानियाँको रोहबरमा श्रेष्ठलाई पैसा फिर्ता गरिएको केन्द्रले जनाएको छ । 

श्रेष्ठले पत्रकार र पत्रिकाका कारण आफूले पैसा फिर्ता पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले बाँकी ६० हजार रुपैयाँ र पासपोर्ट पनि छिट्टै फिर्ता पाउनेमा आशावादी रहेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • Naran

    June 10, 2018, 6:50 a.m.

    आफ्नै पैसा फिर्ता लिंदा पनि १ लाख सहयोग गरेजस्तो फोटो खिच्दै छ त /

  •  0 Reply

तपाईको प्रतिक्रिया