अस्वस्थ भएपछि प्रधानमन्त्री ओली नेकपाको चियापानमा सहभागी भएनन्

 कात्तिक १०, २०७५ शनिबार १७:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

बिरामी भएकाले उहाँ पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सक्नुभएन । काठमाडौंको भृकुटीमण्डमा दिउँसो १२ बजेदेखि सुरु भएको चियापान कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अरु नेता सहभागी भएका थिए । ओली दिउँसो ३ बजे कार्यक्रममा जाने भनिएको थियो । तर अस्वस्थ भएकाले उहाँ दिउँसो ३ बजेपछि पनि कार्यक्रममा सहभागी हुन सक्नुभएन ।

उहाँलाई सामान्य रुघाखोकी लागेको र भिडभाडमा संक्रमण बढी हुने डरले उपस्थित हुन नसक्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया