शिक्षासेवी मास्केको निधन

 कात्तिक ११, २०७५ आइतबार ६:४६:५१ | रासस
unn.prixa.net

काठमाडौं – शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधन भएको छ । माइतीघरमा रहेकाे अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत रहनुभएका मास्केको शनिबार दिउँसो ३ः३० बजेतिर मस्तिष्कघातका कारण निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिनुभयो ।

मस्तिष्कघातका कारण एक महीनाअघि उहाँ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । मास्केको आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने महासङ्घका अध्यक्ष थापाले बताउनुभयो । ६७ वर्षीय मास्केका तीन छोरा र श्रीमती हुुनुहुन्छ ।

अमेरिकामा रहनुभएका उहाँका दुई छोरा फर्केपछि सोमबार मात्र दाहसंस्कार हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहनुभएका मास्केले सरकारी शिक्षकबाट निवृत्त भएपछि निजी शैक्षिक संस्था खोल्नुभएको थियो ।

स्वयम्भूकाे जलजला शिशु सदनमा उहाँ सञ्चालक रहनुभएको थियो । विसं २०४३ मा भएको काठमाडौँ महानगरपालिका निर्वाचनमा उहाँलाई नेकपा (माले)को तर्फबाट प्रमुखको उम्मेदवार हुनुभएको थियो । 

मास्के राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को समेत महासचिव रहनुभएको थियो । तेह्रथुममा जन्मिनुभएका उहाँ अहिले काभ्रेस्थित नमोबुद्धमा बस्दै आउनुभएको थियो । 

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

शनिबार साँझ ट्वीटमार्फत उहाँले स्व मास्केप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको हाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया