फिल्म जिराे, शाहरुख खानलाई पर्दामा पुड्काे देखाउने जिम्मा ४०० जनालार्इ

 जेठ २५, २०७५ शुक्रबार १९:२१:५७ | उज्यालो सहकर्मी

बलिउडका किङ्ग खान भनेर चिनिने अभिनेता शाहरुख खान यतिबेलो फिल्म जिरो को छायाँकनमा व्यस्त छन् ।

शाहरुख यस फिल्मको छायाँकनका लागि अमेरिकामा छन् । खबरअनुसार फिल्मको क्लाइमेक्सको छायाँकन अमेरिकाको नासामा गरिँदैछ ।

फिल्ममा शाहरुख एक पुड्का पात्रको भूमिकामा छन् । उनलाई पुड्काे देखाउनका लागि  ४०० व्यक्तिको समूह विशेष तयारीमा जुटिसकेको छ । 

शाहरुखको प्रोडक्सन कम्पनी रेड चिल्लिज इन्टरटेन्मेन्टले फिल्मको भिएफएक्स (VFx)को जिम्मा लिएको छ । यस फिल्मका लागि ४०० जना भिएफएक्स आर्टिस्टहरुले काम गरिरहेका छन् ।

 

यो बाहेक अमेरिकाको स्टुडियोबाट समेत केही भिएफएक्स आर्टिस्टहरुलाई बोलाइएको छ ।

खबर अनुसार यस फिल्मको जम्मा बजेटबाट ७० करोड रुपैयाँ स्पेशल इफेक्टका लागि मात्र खर्च गरिनेछ । जसका कारण शाहरुखको यो फिल्म ‘बाहुबली’ पछि स्पेशल इफेक्टमा बढी लगानी गरेर तयार पारिएको दोस्रो महँगाे फिल्म हुने बताइएको छ । 

फिल्म जिरोमा शाहरुख खानका साथै अभिनेत्री अनुष्का शर्मा र कट्रिना कैफ रहेका छन् । आनन्द एल रायको निर्देशनमा बन्न लागेको यो फिल्म २०१८ को डिसेम्बर २१ मा रिलिज हुनेछ । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया