किन समाचार छापेको भन्दै कुवेतमा हराएकी इन्दिराले बुहारीलाई म्यासेज गरिन

 कात्तिक ११, २०७५ आइतबार १६:३७:३०

सिन्धुपाल्चोक – कुवेतबाट ६ महिनाअघि नै घर हिँडेकी भनिएकी सिन्धुपाल्चोक स्याउलेकी इन्दिरा सुब्बा कुवेतमै भेटिनु भएको छ । 

इन्दिरा सम्पर्कविहीन भएको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि इन्दिराले घरमा फेसबुक मार्फत परिवारलाई सम्पर्क गर्नुभएको हो ।

२०७१ सालमा कुवेत गएकी इन्दिरा ६ महिनादेखि सम्पर्कविहीन हुनुभएको थियो । कुवेतमै रहेका आफन्तले ६ महिना अघि नै इन्दिरा कुवेतबाट हिँडिसकेको भनेपछि श्रीमान् झलकबहादुर खत्रीले श्रीमतीको खोजी गरिरहेको खबर उज्यालो अनलाइनमा प्रकाशित भएको थियो ।

 उहाँ श्रीमतीलाई खोजिदिन आग्रह गर्दै चौतारामा रहेको सुरक्षित आप्रवासन परियोजनाको सूचना केन्द्रमा पुग्नुभएको थियो । 

‘मसँग त कुरा भएको छैन, बुहारीलाई फेसबुकमा म्यासेज गरिछन्, किन समाचार छापेको भनिन् रें, फागुनसम्म भिसा छ, त्यसपछि घर आउछु भनेकि छन्’ झलकबहादुरले बुहारीसँग भएको कुरा सुनाउनुभयो । 

घरेलु काममा कुवेत पुगेकी इन्दिराले पहिले काम गरेको घर छोडेर अर्को घरमा काम गरेकाले घरमा सम्पर्क गर्न नपाएको भन्दै फागुन महिनापछि घर आउने बताएको झलकबहादुरले बताउनुभयो । 

याे पनि पढ्नुहाेस् 

कुवेतबाट हिँडेको ६ महिना भयो, घर आइपुगिनन् इन्दिरा

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया