मैत्रीपूर्ण खेलमा उरुग्वे ३ , उज्बेकिस्तान शून्य

 जेठ २५, २०७५ शुक्रबार २०:८:५५ | उज्यालो सहकर्मी

फिफा विश्व कप अघिकाे मैत्रीपूर्ण खेलमा उरुग्वेले  १० खेलाडीमा सिमित उज्बेकिस्तानलार्इ हराएको छ ।

उरुग्वेको राजधानी मन्टेभिडयाेमा भएको खेलमा घरेलु टिमले उज्वेकिस्तानमाथि ३–० को जित निकाल्यो ।

खेलको ३२औं मिनेटमा अर्रास्केटाले स्वारेजको पासमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । उरुग्वेले दोस्रो हाफमा दुई गोल थप्यो । ५४ अाै‌ मिनेटमा स्वारेजले पेनाल्टी मार्फत गाेल गर्दै  टिमलार्इ २-० काे स्थितिमा पु-याए । भने ७३ औं मिनेटमा गिमिनेजले कार्लोस सान्चेजको पासमा गोल गरे ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया