विश्वकप ट्रफीको नेपाल भ्रमण : अन्तिम दिन आज बसन्तपुरमा सार्वजनिक गरिने

 कात्तिक १२, २०७५ सोमबार ९:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकप ट्रफीको नेपाल भ्रमणको अन्तिम दिन साेमबार काठमाडाै‌ंकाे बसन्तपुरमा सार्वजनिक गरिनेछ ।

विश्व भ्रमणमा रहेको ट्रफी साेमबार दिउँसो एक बजे बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । यसअघि आइतबार साँझ राष्ट्रपति भवनमा लगिएको थियो । शक्रबार नेपाल ल्याइएको ट्रफी त्यही दिन साँझ स्वयम्भूमा प्रदर्शन गरिएको थियो ।

शनिबार पोखरा प्रिमियर लिग आयोजनास्थल पोखरा रंगशाला र ताल बाराही मन्दिरमा प्रदर्शनी गरियो । त्यसपछि काठमाडौं ल्याइएको ट्रफी आइतबार चन्द्रागिरी र राष्ट्रपति भवनमा लगिएको थियो ।

साेमबार काठमाडौं दरवार क्षेत्रको बसन्तपुरमा लगिनेछ र त्यहीबाट ट्रफी भारत लगिनेछ । तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश लगिसकिएको छ । नेपालपछि यो ट्रफी भारत जानेछ ।

भारतबाट न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनीहुँदै बेलायत लगिनेछ । यस क्रममा ट्रफीले २१ देशका ६० शहरको भ्रमण गर्नेछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया