च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
कात्तिक – फिदिम नगरपालिकाका लेखा अधिकृत पेम्बा शेर्पा छानबिनको दायरामा परेका छन् । नगरपालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भतामा अनियमितता गरेको विषय सार्वजनिक भएपछि शेर्पा छानबिनको दायरामा परेका हुन् ।
नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले लेखा अधिकृत शेर्पाले सम्पादन गरेका काम कारबाहीको सत्य तथ्य बुझ्न लेखा समितिलाई छानबिनको लागि निर्देशन दिनुभएको हो । एक हप्ताभित्र यथार्थ विवरण नगरकार्यपालिकाको बैठकमा पेस गर्न लेखा समितिलाई निर्देशन भएअनुसार काम सुरु भएको लेखा समिति संयोजक समेत रहनुभएका नगरपालिकाका प्रवक्ता नरेन्द्र गुरुङले वताउनुभयो ।
छानबिन समितिको विवरण आएपछि लेखाअधिकृत शेर्पा दोषी देखिएमा कानुनी कारबाही गर्ने मेयर नेम्बाङले बताउनुभयो । लेखा अधिकृत शेर्पामाथि फिदिम–४ का मृत्यु भइसकेका ज्येष्ठ नागरिक भिमबहादुर लावती, कौशाल्यदेवि नेपाली, भगिरत्ना राई लगायतका ज्येष्ठ नागरिकको आर्थिक वर्ष ०७३/०७४ को सामाजिक सुरक्षाभता आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको आरोप लागेको छ ।
यद्यपि लेखा अधिकृत शेर्पाले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्नुभएको छ । बैँकबाट सोझै नगरपालिकाको खातामा रकम ल्याउन नमिल्ने भएकोले व्यतिको नाममा रकम ट्रान्सफर गरेर कार्यालयको नाममा जम्मा गरेको शेर्पाको भनाई रहेको छ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।