माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

 कात्तिक १२, २०७५ सोमबार १५:२५:२५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरा की २० वर्षीया सम्झना चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार धान दाईँ गर्न आँगन लिप्नका लागि माटो लिन जाँदा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको हो । सँगै माटो खन्न गएका सम्झनाका बुवा तिलक चौधरी सामान्य घाइते भएको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरीक्षक गजमेरले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया