पूर्वअर्थमन्त्री श्रेष्ठ रहनुभएन

 कात्तिक १२, २०७५ सोमबार १८:३६:३३ | रासस
unn.prixa.net

काठमाडौ‌ – पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको गए राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ । 

पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाँका भान्जा दिनेश श्रेष्ठले जानकारी दिनुभयो । 

अर्थशास्त्री डा श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गर्नुभएको थियो ।

उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँका भान्जा श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया