मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
उदयपुर – उदयपुरको एक खोलामा घडियाल गोही भेटिएको छ । सोमबार बेलका नगरपालिका वडा नम्बर ३ को मूर्ति खोलामा गोही भेटिएको हो ।
५ फिट ३ इन्च लम्बाई रहेको गोही दुई फिट मोटाईको रहेको छ । स्थानीयहरुले माछा मार्ने क्रममा गोही फेला पारेपछि इलाका प्रहरी कार्यालयलार्ई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले बताउनुभयो ।
सिंहले भन्नुभयो, ‘खोलामा गोही भेटिएको खबर आयो, हामीले गोहीलाई खोलाबाट सुरक्षित स्थानमा ल्याएर इलाका वन कार्यालय लालबजारलाई जिम्मा लगायौँ ।’
गोहीको घाँटीमा चोट लागेको छ, तत्काल उपचार गर्नुपर्ने प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो । गोही घाइते रहेछ वनको टोलीले उद्धार गरेर कोशीटप्पु वन्यजन्तु आरक्षमा जिम्मा लगाउने डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
‘घाईते नभएको भए कोशीकै सानो भङ्गालोमा छाड्ने थियौँ तर गोहीको शरीरमा चोट भएकाले आरक्षलाई जिम्मा लगाइने व्यवस्था मिलाइएको छ ।’ वन अधिकृत आचार्यले भन्नुभयो ‘कोशी टप्पु आरक्षमा केही महिना घाइते गोहीको उपचार गरेर निको भएपछि प्राकृतिक रुपमा छाडिने छ ।’ घाइते गोही कोशी नदी हुँदै मूर्ति खोलासम्म आइपुगेको हुनसक्ने वन कार्यालयको अनुमान छ ।