मनसुन भित्रियो, केही दिनमा देशभर फैलने

 जेठ २६, २०७५ शनिबार ८:०:४७ | उज्यालो सहकर्मी

काठमाडौं – नेपालमा मनसुन भित्रिएको छ । शुक्रबार बेलुकी पूर्वी क्षेत्रमा प्रवेश गरेको मनसुन पश्चिमतिर सरिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो वर्ष दुई दिन छिटो सुरु भएको मनसुन केही दिनमै देशभर फैलनेछ । सामान्यतया जुन १० मा मनसुन नेपालमा प्रवेश गर्ने भए पनि यो वर्ष दुई दिन अघि सुरू भएको छ ।

नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । यो समयमा नेपालमा वार्षिक वर्षाको करिब ८ सय ५ वर्षा हुने गर्दछ ।

यो वर्ष अधिकांश भू–भागमा सरदर वर्षा हुने अनुमान गरिएको छ । सरदर वर्षाको ९०५ देखि ११०५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने त्यो भन्दा कम र बढी वर्षा भएमा क्रमश न्यून वा अधिक वर्षा भएको मनिन्छ 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया