गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
बैशाख ७, २०८१ शुक्रबार
भोजपुर – लोकवार्ता परिषद नेपालको आठौँ राष्ट्रिय सम्मेलन भोजपुरमा शुरु भएको छ ।
मौलिकता बोक्ने सांस्कृतिहरुलाई उत्थान गर्नका लागि भोजपुरमा पहिलो पटक लोकवार्ता परिषद् नेपालको आठौँ राष्ट्रिय सम्मेलन शुरु भएको हो । सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ६५ जना विशिष्ट विद्वानहरुको सहभागीता रहेको छ ।
सांस्कृतिक महत्व झल्काउने झाँकीहरु तामाङ्ग सेलो, ठाक ठुके, लाखे नाच, नेवारहरुको धिमे बाजा, साकेला, नौमती बाजा र शेर्पा नाचको प्रदर्शनपछि सम्मेलन शुरु भएको हो । लोकवार्ताबारे खोज अनुसन्धान, विचार विमर्श, गोष्ठी–सम्मेलन तथा यसको अझ विस्तृत रुपमा उच्च शिक्षामा पठनपाठन हुनु बाञ्छनीय रहेको लोकवार्ता परिषद नेपालका उपाध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोक वार्ताका सामग्रीको सङ्कलन, संरक्षण, संवद्र्धन, अध्ययन, विश्लेषण, प्रचारप्रसार र प्रकाशन गर्नु, जातजाती, धर्म तथा भाषाभाषीको पारस्परिक सद्भाव लोकवार्तासँग सम्बद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय विद्वान् तथा संघ–संस्थाबीचको सम्बन्धमा गाढा तुल्याउनु र तिनले गरेका कामको जानकारी लिनु, राष्ट्रिय एकतालाई सुदृढ बनाउनु सम्मेलनको उद्देश्य रहेको छ ।’
सम्मेलनले भोजपुरको टक्सार, सिद्धकाली, षडानन्द अधिकारीको जन्म स्थान दिंला, योगमायाको जन्म स्थान मझुवावेशी, अरुण गाउँपालिकाको पाताले गुफा, च्यांग्रेको गढीलगायत स्थलगत अध्यान समेत गर्ने आयोजकले बताएको छ ।
यस अभियानको सुरुवात २०६८ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्रा.डा. कुसुमाकर न्यौपानेले गर्नुभएको थियो । सम्मेलनमा ६५ जना राष्ट्रिय र अन्तर्राष्ट्रिय विशिष्ट विद्वान्हरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । सम्मेलन कार्तिक १३, १४ र १५ गतेसम्म चल्ने छ ।